
आदिवासी जनजाति महासंघ पुनर्वास नगरपालिकाको अध्यक्षमा प्रविण जर्धा मगर
पुनर्वास÷नेपाल आदिवासी जनजाति महासंघ पुनर्वास नगर समन्वय परिषद्को तेस्रो नगर अधिवेशन बिहिबार सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासघ पुनर्वास नगर समन्वय परिषदका अध्यक्ष धोके रानाको अध्यक्षतामा र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मनानिय संसाद तारा लामा तामाङको प्रमुख आतिथ्य भएको तेस्रो जिल्ला अधिवेशनले प्रविण जर्धा मगरको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।
उक्त अधिवेशनले उपाध्यक्षमा एक कुमार श्रेष्ठ,रूकमाया भुजेल, पुर्ण कुमारी गुरुङ, सचिव मा बनबारी राना, सह सचिवमा नरेन्द्र गुरुङ, सबिता माझी कोषाध्यक्षमा चमेली तामाङ सर्बसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा राम कुमार चौधरी, शमसेर भुजेल,मन माया मगर,मान सिंह तामाङ, दुर्गा प्रसाद चौधरी,सरवन राना र तिल कुमार श्रेष्ठ सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मनानिय संसाद तारा लामा तामाङको प्रमुख आतिथ्य र पुनर्वास नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख भुलिय कुमारी रानाको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा, विभिन्न जातीय संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नेपाल आदिवासी जानजाति महासंघ ,पुनर्वास नगर समन्वय परिषदका उपाध्यक्ष रुकमणि भुजेलकोे स्वागत मन्तव्य बाट शुरु भएको उक्त कार्याक्रमलाई नगर सचिव पुर्ण कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।















