
कञ्चनपुरको पुनर्वासको सिमरी नजिक मोटरसाईकल दु*र्घटना हुँदा एक जना घा*ईते
Above Article Content Ad
पुनर्वास -कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् ।
शुक्रबार साँझ पुनर्वास–५ भानुबस्ती सिमरी नजिकै हुलाकी सडकखण्डको किनारामा पैदल हिडिरहेका सोही गाँउका अन्दाजी ५० वर्षिय पदमबहादुर थापा घाईते भएका हुन ।
घाईते थापालाई पुनर्वास नगरपालिका–३,आई.बी.आर.डी. देखि अमरबस्ती जाँदै गरेको बा.प्र.०२–०२८ प. ०९३९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
Article inline ad #1
मोटरसाईकल चालक पुनर्वास–११ अमरबस्तीका २३ वर्षीय डीएन थापा चलाएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि घाईतेलाई उपचारका लागि धनगढी स्थित माया मेट्रो हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।
Article inline ad #2
दुर्घटना स्थलबाट मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















