
जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप उद्घाटन, सुरुवातीमा सिद्धार्थको जीत
पुनर्वास- “खेल खेलौँ ,स्वास्थ्य रहौँ” भन्ने मुल नाराका साथ कञ्चनपुरको पुनर्वासमा “जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप २०८१” सुरु भएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नंम्वर १ वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फुटबल प्रतियोगिताको शनिबार एक कार्यक्रम बिच प्रतिनिधी सभा सदस्य तारा लामा तामाङले उद्घाटन गर्नु भएको छ । पुनर्वास ३ खेलकुद विकास समिति (कालिका युबा क्लव र राम युबा क्लब) को संयुक्त आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको समितीका अध्यक्ष जिन बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल फाल्गुन २१ गतेसम्म संचालन हुने उहाँले जानकारी दिनुभयो ।
फुटबल प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलीया कुमारी रानाले पुनर्वामा रङ्गशाला बनाउन चौतर्फी माग भएको बताउनुभयो । तर पालीकाको बजेटले सो सम्भव नरहेको भन्दै प्रदेश र केन्द्र सरकार बाट योजना ल्याउन प्रतिनिधी सभा सदस्य तारा लामा तामाङलाई आग्रह गर्नुभयो । पछील्लो समय नगर भित्र खेलकुदका कार्यक्रमहरु दिनानुदिन बढ्दै जाँदा पुनर्वासलाई खेलकुदको हब बनाउन तिन तहको सरकारको कार्यक्रममा माग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै फुटबल प्रतियोगिता उद्घाटन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले प्रतियोगीता सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले पनी पुनर्वासमा रङ्गशाला बनाउन जमीन नपाएको भन्दै दुःख ब्यक्त गर्नुभयो । २५ बर्षका लागी आवास कम्पनी संग जग्गा लिजमा लिन खोज्दा समेत नपाएकाले पुनर्वासमा बन्ने रङ्गशाला फुलबारीमा गएको बताउनुभयो ।
खेल क्षेत्रमा पुनर्वास आफैमा परिपक्क रहेको भएपनी कहिले काँही हुने विवादका घटनाले खल्लो महसुस गराउने भन्दै अनुशाशित भएर खेल खेल्न सबैलाई उहाँले आग्रह गर्नुभयो । फुटबल प्रतियोगिता उद्घाटन गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नंम्वर १ का प्रतिनिधी सभा सदस्य तारा लामा तामाङले पुनर्वासलाई खेलकुद हब वनाउन सबै मिलेर जानु पर्नेमा जोड दिनुभयो । पुनर्वामा रङ्गशाला बनाउन एकपटक यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयहरु र सरकार प्रमुखहरु संग बृहत छलफल गर्न आवश्यक रहेको उहाँको तर्क छ । रङ्गशाला बनाउन सके आफ्नो क्षेत्रको खेलकुद बिकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ ।
प्रतियोगीतामा विजेता टीमले १ लाख ५१ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ८१ हजार ८ सय १८ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा एक हजार एक सय रुपैया प्राप्त गर्ने छ । यता भेट्रान खेलतर्फ विजेता टीमले २२ हजार २ सय २२ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ । भने उपविजेता टीमले ११ हजार १ सय ११ रुपैया नगद संगै साथमा आकर्षक ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ द म्याचले प्रत्येक खेलमा ५ सय ५५ रुपैया प्राप्त गर्ने छ ।
उद्घाटन खेलमा सिद्धार्थको जीत
शनिबार भएको उद्घाटन खेल सिद्धार्थ युवा क्लब पुनर्वास–७ र न्यु बिरेन्द्र युवा क्लब पुनर्वास–१ बिच भएको थियो । सो क्रममा सिद्धार्थ युवा क्लबले ३–१ को फराकीलो जीत निकालेको छ । क्रममा सिद्धार्थ युवा क्लबले ३ गोल गर्दा न्यु बिरेन्द्र युवा क्लब पुनर्वास–१ ले १ गोल मात्रै फर्काउन सकेको थियो । यस्तै आइतबार प्रतियोगीतामा २ खेल हुनेछन् ।
आइतबार पहिलो खेल दिउसो १ बजे कञ्चन जाइ युथ कल्ब (केजेवाइसी) लालझाडी–४ र दशरथ युवा क्लब पुनर्वास–२ बिच हुने छ । भने दोस्रो खेल दिउसो ३ बजे आयोजक पुनर्वास ३ खेलकुद विकास समिति (योङ्ग) र त्रिभुबन युवा क्लब (टीवाइसी) पुनर्वास–६ बिच हुने आयोजकले जनाएको छ ।