Above Article Ad
  • कञ्चनपुरमा भण्डारी पक्राउ, स्कुटरको डिक्कीभित्र थियो ड्रग्स

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

    सशस्त्र प्रहरी बलको टोलीले बेलौरी नगरपालिका–१ फटियास्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा १७ ट्याब्लेट लागूऔषध बरामद गरेको हो।

    Article inline ad #1
  • सुदूरपश्चिम प्रदेश ०२००३ प ५५९२ नम्बरको स्कुटर चालक भीमदत्त नगरपालिका–३ दैजी बस्ने १९ वर्षीय समिर भण्डारी पक्राउ परेका छन्।

    Article inline ad #2

    सशस्त्र प्रहरी बल नेपाल बेलौरीबाट खटिएको पैदल सीमा गस्ती टोलीले शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र कागजमा लुकाइछिपाइ राखेको नाइट्राजेपाम–१० नामक १७ ट्याब्लेट फेला पारेको जनाएको छ।

    बरामद लागूऔषध र स्कुटरसहित भण्डारीलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी फटियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6