
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
Above Article Content Ad
काठमाडौं -आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिमका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएको बताएको छ ।
Article inline ad #1
“यी जोखिमले आक्रमणकारीलाई लगइनबिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्,” केन्द्रले भनेको छ, “सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ ।”
Article inline ad #2
बडादसैँको बिदामा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र तथा सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रणमा खटिएको केन्द्रले जानकारी दिएको छ ।
सुरक्षाको निश्चित भएपछि तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















