Above Article Ad
  • पुनर्वासमा प्रहरीद्धारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम

    Above Article Content Ad
  • पुनर्वास– बढ्दो आत्महत्या रोकथाम र न्युनिकरणका लागि प्रहरीले विश्व आत्महत्या दिवसको अवसरमा सचेतना कार्यक्रम आयोजना गरेको छ ।
    आईतबार प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत विश्व आत्महत्या दिवसको अवसर पारेर ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले “आशा जगाऔं, जिवन रक्षा गरौं” भन्ने नाराका साथ पुनर्वास नगरपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रममा सहभागी माझ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेशराज मल्लले आत्महत्याका घटनाहरु दिनप्रतिदिन बालबालिका र जानेबुझेकै मान्छेहरुबाट हुँदै आएको बताए ।
    पुनर्वासकै प्रसंगलाई जोड्दै प्रहरी निरिक्षक मल्लले आफुले नेतृत्व समाल्हेको छोटो समयमा सामान्य विषयलाई लिएर बालबालिका र किशोरीहरुले आत्महत्यालाई रोजेका घटना बढि देखिएको उनको भनाई छ ।
    “झुण्डिनु र विष सेवन गर्नु मात्रै आत्महत्या नभई डाँडाबाट हाम फाल्नु, चलिरहेको सवारी साधनबाट हाम फाल्नु लगायतका थुप्रै आत्महत्याका कारणहरु हुन् ।” प्रहरी निरिक्षक मल्लले भने, “यसको नियन्त्रणका लागि एउटै निकायबाटमात्रै सम्भव नहुने हामी सबै सजक हुन जरुरी देखिन्छ ।”
    कार्यक्रममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नागरिक अगुवा, शिक्षक र स्थानिय बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by