
बनबसामा खैरो हेरोइनसहित कञ्चनपुरका युवक पक्राउ
Above Article Content Ad
कञ्चनपुर-भारतको बनबसा क्षेत्रमा ४ ग्राम खैरो हेरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८, भगतपुरका २८ वर्षीय महेश चौधरी रहेका छन्।
आइतबार बनबसा थाना प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले बनबसा क्षेत्रको शिव मन्दिर तथा एसएसबी क्याम्पनजिक चेकजाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद अवस्थामा रहेका चौधरीको तलासी लिँदा उनको साथबाट ४ ग्राम खैरो हेरोइन बरामद भएको हो।
Article inline ad #1
भारतीय प्रहरीले चौधरीविरुद्ध बनबसा थानामा एनडीपीएस ऐनको धारा ८ र २१ बमोजिम मुद्दा दर्ता गरि थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















