कंचनपुरको पुनर्वास-१० मा स्थगित मतदान जेठ ३ गते बिहान ७ बजे देखि हुने
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास- फर्जी मतदाताले मतदान गरेको भन्दै स्थगित भएको कंचनपुरको पुनर्वास नगरपालिका-१० वडामा पुनः मतदान गर्ने निर्णय भएको छ ।
शनिबार निर्वाचन आयोग कार्यालयले निर्णय गर्दै पुनः मतदान गर्ने गरी जेठ ३ गते बिहान ७ बजे देखि ५ बजे सम्म मतदान कार्य सञ्चालन गरिने भएको हो ।
Article inline ad #1
निर्वाचन अधिकृत किरण जोशीले जेठ ३ गते विजय माध्यमिक विद्यालयमा मतदान सञ्चालन हुने र यस अघि मतदान गरिसकेका सो वडाका मतदाताहरुले पुनः मतदान गर्नुपर्ने जानकारी दिनुभयो ।
Article inline ad #2
पुनः सञ्चालन गरिने मतदानमा निकै सम्वेदनशिल, जिम्मेवार र आफ्नो मतको मात्रै प्रयोग गर्दै मतदानलाई सहज रुपमा सम्पन्न बनाउन वडाका सम्पुर्ण मतदाताहरुमा हार्दिक अपिल गर्नुभएको छ ।
मतदान सम्पन्न पछि सोहि दिन साझ देखि मत गणना कार्य सुरु गरिने निर्वाचन कार्यालयबाट बुझिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad