Above Article Ad
  • कैलालीमा एक डेरीको दूधमा किरा भेटियो

    Above Article Content Ad
  • धनगढी-कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित एक डेरीबाट खरिद गरिएको दूधमा सेतो रङको किरा भेटिएको दाबी गरिएको छ। दूधमा किरा भेटिएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि डेरी सञ्चालकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

    चौधरीको घरपसलमा चिया खान पुगेका गोदावरी–५ का शिव भगवती गौमाता संरक्षणका अध्यक्ष ५७ वर्षीय अनुपदत्त भट्टले बिहान ९ः४० बजे प्रहरी चौकी गेटामा घटनाबारे मौखिक जानकारी गराएका थिए।

    Article inline ad #1
  • जानकारी पाएलगत्तै प्रहरी सहायक हवल्दार टिकेश्वरी महराको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले डेरीमा पुगेर जाँच गर्दा बिक्री गर्न बाँकी दूध भने फेला नपरेको जनाएको छ।

    Article inline ad #2

    डेरी सञ्चालक तेजबहादुर खड्काले बाँकी सबै दूध बिक्री भइसकेको प्रहरीलाई बताएका छन्। घटनापछि प्रहरीले खड्कालाई आवश्यक सोधपुछका लागि प्रहरी चौकी गेटामा ल्याएको थियो।

    घटनाबारे थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा बोलाएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    घटना भएको डेरी प्रहरी चौकी गेटाबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ। दूधमा वास्तवमै किरा भेटिएको हो वा होइन तथा घटना कसरी भयो भन्ने विषय थप अनुसन्धान र परीक्षणपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6