Above Article Ad
  • धनगढीमा भवन उद्घाटनपछि डीआईजी भन्छन्, ‘प्रहरी दिनरात सेवामा छ’

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा निर्माण गरिएका विभिन्न नयाँ भवनको उद्घाटन गरिएको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी गण परिसरमा निर्माण गरिएका गण प्रमुखको निवास, वरिष्ठ प्रहरी अधिकृत आवास भवन, क्यान्टिन, होजियरी र सैलुनलगायत भवनको शुक्रबार उद्घाटन गरेका हुन्।

    Article inline ad #1
  • उद्घाटनपछि आयोजित कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भट्टराईले प्रहरी कर्मचारी जीर्ण तथा असहज भवनमा समेत दिनरात नभनी नागरिकको सेवामा खटिँदै आएको बताए। नयाँ तथा सुविधासम्पन्न भवन निर्माण भएपछि प्रहरी कर्मचारीको मनोबल उच्च हुनुका साथै कामप्रति थप जोश, जाँगर र ऊर्जा बढ्ने उनले बताए।

    Article inline ad #2

    उनले सुविधासम्पन्न भवनमा बस्ने प्रहरी कर्मचारीबाट नागरिकमैत्री प्रहरी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै नागरिकलाई प्रदान गरिने सेवा समयसापेक्ष र गुणस्तरीय हुनुपर्नेमा जोड दिए।

    भवन निर्माणमा सहयोग गर्ने कञ्चन दिव्यज्योती जेभी नवदुर्गा, डडेल्धुरा र भौतिक पूर्वाधार शाखा धनगढीका प्राविधिक प्रहरी निरीक्षक इन्जिनियर श्यामबहादुर बलायरलाई कार्यक्रममा कदरपत्रसहित सम्मान गरिएको थियो। भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति प्रदेश प्रहरी प्रमुख भट्टराईले आभार व्यक्त गरे।

    प्रहरीका अनुसार उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएका हुन्। उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक महेन्द्र नेपाल, सुदूरपश्चिम प्रदेश प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र थापालगायत वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6