
पुनर्वासको दोदापुलबाट अटो सहित २० बोरा भारतीय युरिया मल नियन्त्रण
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-१०, दोदा पुलबाट अटो सहित २० बोरा भारतीय युरिया मल नियन्त्रणमा लिएको छ ।
आज (शुक्रबार) राती करिब ७ बजेको समयमा आई.बी.आर.डी. बजार तिरबाट धनगढी तर्फ लैजादै गरेको अटो सहितको २० बोरा भारतीय युरिया मल पुनर्वास-१० मा गठित सीमा निगरानी समितिले नियन्त्रणमा लिएको हो ।
युरिया मल पुनर्वासकै स्थानीय व्यापारी विष्णु केसीले बिक्रीका लागि पसलमा ल्याउदै गर्दा सीमा निगरानी समितिले नियन्त्रणमा लिएको थियो ।
खेतीपातीको समयमा किसानका लागि युरिया मलको असहजता भैरहेका बेला तस्करी गरी व्यवसायीले चर्को मुल्यमा बिक्री गर्दै किसानलाई झन समस्यामा पारेको समितिका सदस्यहरुले जानकारी दिए ।
समितिले नियन्त्रणमा लिएको अटो र मल यतिबेला सशस्त्र प्रहरी बल बिओपी दोदाको नियन्त्रणमा छ ।
भारतबाट हुने अपराधीक र अवैध गतिविधिलाई रोक्न पुनर्वास-१० का वडाध्यक्ष शुकदेव रानाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।