Above Article Ad
  • धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    Above Article Content Ad
  • धनगढी-भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म बाँध खोलिने जनाएको छ।

    एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट प्राप्त पत्रअनुसार सिल्ट सफाइको कार्यका लागि बाँधका ढोका खोल्न लागिएको हो। सफाइको काम करिब ३४ घण्टासम्म चल्ने जनाइएको छ।

    Article inline ad #1
  • बाँध खोलिएपछि तथा त्यसपश्चात् समेत महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। त्यसैले महाकाली नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

    Article inline ad #2

    सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाद्वारा हस्ताक्षरित सूचनामार्फत नदी किनारका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6