Above Article Ad
  • दलित समुदायका उर्जावान युवा केशव सार्कीले पाए काङ्ग्रेसमा पुनर्वास नगर सचीवको जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास – नेपाली काङ्ग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित दलित समुदायका उर्जावान युवा केशव सार्कीले पार्टीको जिम्मेवारी पाएका छन् ।

    नेपाली काङ्ग्रेसको १५ औं महाअधिवेशन अन्तर्गत  पुनर्वास नगर कार्यसमितिमा वडा सदस्य तथा दलित समुदायका उर्जावान युवा सार्कीले सचिव पदको जिम्मेवारी पाएका हुन् ।

    Article inline ad #1
  • उनी पुनर्वासका लागि पहिलो पटक नेपाली कांग्रेसको कार्यकारी पदमा दलित समुदायबाट समावेश भएका हुन् ।

    Article inline ad #2

    लामो समयदेखी पार्टीमा सक्रिय रुपमा रहेका सार्की हाल पुनर्वास नगरपालिकाको न्यायीक समितीको न्यायिक समितिको जिम्मेवारीमा पनि छन् ।

    वर्तमान परिप्रेक्षमा पुराना पार्टीहरु प्रति जनताको वितृष्णा फैलिरहेका बेला सबै जाती, समुदाय र युवा लक्षित कार्यक्रम गर्दै गाउँटोल,समुदायमा समाजिक अभियान मार्फत पार्टी संगठनलाई मजबुत बनाउदै अघि बढ्ने योजना रहेको सार्कीले बताए ।

    आफू दलित समुदायको व्यक्ती भएकाले दलित समुदायमा रहेका अनेकौ समस्याको समाधानका लागि अगाडि बढ्ने उनको भनाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6