
लागूऔषध मुद्दामा सजाय तोकिएका प्रेमसिंह धामी पक्राउ
Above Article Content Ad
दार्चुला लागूऔषध मुद्दामा तीन महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाका ३५ वर्षीय प्रेमसिंह धामी पक्राउ परेका छन् ।
नौगाड गाउँपालिका–३ निवासी धामीलाई जिल्ला अदालत दार्चुलाको २०८२ पुस १ गतेको फैसलाअनुसार सजाय भुक्तान गराउन शनिबार साँझ पक्राउ गरिएको हो ।
Article inline ad #1
प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरी टोलीले उनलाई नौगाड गाउँपालिका–२ स्थित दल्लेख बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















