
हँसियाले रेटेर श्रीमतीको हत्या
Above Article Content Ad
उदयपुर-उदयपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नी श्रीमतीको हत्या गरेका छन् । चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले पत्नी ४५ वर्षीया विमला राईको हत्या गरेका हुन् ।
lप्रहरीका अनुसार गन्दुराम गएराति मादक पदार्थ सेवन गरेर घर आएका थिए । त्यसपछि घरायसी विवादमा उनले विमलाको गर्दनमा सिकल प्रहार गरेका हुन् । गम्भीर घाइते भएकी विमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनापश्चात् अस्थायी प्रहरी पोष्ट माडिबासबाट खटिएको टोलीले गन्दुरामलाई नियन्त्रणमा लिएको हो । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














