
चीनले सहयोग स्वरूप उपलब्ध गराएको ४ ठूला ड्रोन रसुवा पठाइँदै
Above Article Content Ad
काठमाडौँ – चीन सरकारले विपद् तथा उद्धार कार्यका लागि नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएका ४ वटा ठूला क्षमताका ड्रोनहरूको सफल परीक्षण गरिएको छ।
प्रत्येक ड्रोनको भारवहन क्षमता ८० किलोग्रामसम्म रहेको छ। यी उच्च क्षमताका अत्याधुनिक ड्रोनहरूलाई तत्काल उद्धार तथा राहत कार्यमा परिचालन गर्नका लागि आजै रसुवातर्फ पठाउन लागिएको मन्त्री महाबीर पुनले जानकारी दिएका छन्।
Article inline ad #1
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत चीन सरकारबाट प्राप्त ती ड्रोनहरूको परीक्षण सम्पन्न भएको र तिनलाई आजै रसुवा पठाइने तयारी भइरहेको बताएका छन्। यी ड्रोनको प्रयोगले दुर्गम तथा जटिल भौगोलिक क्षेत्रमा राहत सामग्री पुर्याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















