Above Article Ad
  • बाजुरामा पहिरोले दुई घरमा पूर्ण क्षति, १४ घरधुरीका ११५ जना विस्थापित

    Above Article Content Ad
  • बुधबार साँझ करिब ४ः३० बजे घरमाथिबाट पहिरो खस्दा स्थानीय ५७ वर्षीय पुणिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको ढुङ्गा, माटो र पत्थरले छाएको तीनतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ।

    Article inline ad #1
  • पहिरोले पुणिमल बोहराको गोठमा रहेका तीन गाई तथा बुदी बोहराको गोठमा रहेका दुई गाई, एक कुखुरा र सात खरायो पुरिएका छन्। उद्धारका क्रममा बिहीबार बिहान पुणिमल बोहराको एक गाई र एउटा बाच्छालाई जीवितै निकालिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    पहिरोको जोखिममा रहेका १२ घरसहित क्षतिग्रस्त दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई स्थानीय देबेन्द्र धामीको खाली जमिनमा वडा कार्यालयले उपलब्ध गराएको त्रिपालबाट अस्थायी टहरा निर्माण गरी राखिएको छ।

    लगातार वर्षा भइरहेका कारण घटनास्थलमा थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान ७ः३० बजेदेखि स्थानीयवासी र प्रहरीले उद्धार कार्य पुनः सुरु गरेका थिए। उद्धारका क्रममा घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायतका सामान सुरक्षित स्थानमा सारिएको छ।

    पहिरोमा पुरिएका चौपाया तथा अन्य सामानको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6