Above Article Ad
  • बाजुरामा जिप दुर्घटना अपडेट २ जनाको मृत्यु, ७ जना घाइते

    Above Article Content Ad
  • दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

    दुर्घटनामा चालक जनविर बुढा (२५) सहित धर्मलाल बुढा (४०), मिजरा बुढा (३१) र अम्मर सिंह बुढा (४०) मध्यम घाइते भएका थिए। उनीहरूलाई हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको थियो।

    Article inline ad #1
  • उपचारकै क्रममा हिमाली गाउँपालिका–२, बाजुरा घर भएका धर्मलाल बुढा र ताजाकोट गाउँपालिका–५, हुम्ला घर भएका अम्मर सिंह बुढालाई चिकित्सकले साँझ ७:३५ बजे मृत घोषणा गरेका छन्।

    Article inline ad #2

    दुर्घटनामा २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्। उनीहरूलाई पनि प्रहरीको सवारीमार्फत उपचारका लागि कोल्टी अस्पताल पठाएको थियो।

    प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6