Above Article Ad
  • पुनर्वास ईसाई समाज द्धारा ईष्टर सण्डेको अवसरमा बृहत् र्‍यालीको आयोजना

    Above Article Content Ad
  • कञ्चनपुर २६ चैत २०७९, क्रिश्‍चियन धर्मावलम्बीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी येशू ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव मनाएका छन्।

    कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा पुनर्वास भरका चर्चबाट हजारौँको संख्यामा सहभागीता रहेको पुनर्वास इसाई समुदायले येशु ख्रीष्टको पुनरुत्थान दिवस ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’ शान्ति यात्रा भब्यताको साथ मनाएका छन्।

    Article inline ad #1
  • बिश्वो मानव जातिको मुक्तिदाता येशू ख्रीष्ट मृत्युवाट बौरी उठ्नु भएको दिन इस्टर तथा पुनरुत्थान उत्सवको अवसरमा ईसाई समाज शाखा पुनर्वासको आयोजनामा विविध कार्यक्रमसहित आइतबार ऐतिहासिक पुनरुत्थान दिवस २०७९ मनाएका हुन्।

    Article inline ad #2

    पुनर्वास ईसाई सामाज शाखा पुनर्वासको आयोजनामा पुनर्वास नगरपालिका भित्रका ४२ मण्डलीहरु बाट करीब १ हजार ५ सय बढी ईसाई धर्मावलम्बीहरु प्रतिभानगर टाउन बजारमा उपस्थित भएर शान्ति पदयात्रामा सहभागी भएका थिए।

    उक्त कार्यक्रममा प्रतिभा नगर टाउन बजारमा येशू ख्रीष्ट पुनरूत्थान भएको घोषणा गर्दै कोण सभा गर्दै कोणसभालाई सम्बोधन गर्दै पास्टर हेमराज न्यौपानेले बाइबललमा उद्धार मुक्ति को बारेमा स्पष्ट रुपमा उल्लेख गरेका कुरा ऋकबेद र स्वेतवेदले समेत पुष्टि गरेको जिकिर गर्नुभयो। यसैगरी ईसाई समाजका सल्लाहकार रेभ पास्टर राजकुमार तामाङले येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हुनुभएको हो। ईष्‍टर सण्डे अर्थात पुनरूत्थान भएको दिन आइतबार पुनर्वासमा मात्र नभई नेपालभरका क्रिश्‍चियनहरूले  विभिन्न चर्चहरूमा, खुल्ला मैदानमा प्रार्थना, शान्ति पद यात्रा गरी ईष्‍टर मनाईरहेका छन।

    यस वर्ष २०७९ सालमा येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव विभिन्न चर्चहरूमा  विहानको सूर्योदय प्रार्थना सेवा गरेर प्रितिभोज खाएर ३ बजेदेखि शान्ति पदयात्रा गरी सम्बन्धित क्षेत्र प्रतिभा नगर बजारको खुल्ला मैदानमा र आई बी आर डी बजार को खुल्ला मैदानमा भेला भई येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव मनाएका छन्।

    आई बी आर डीको खुल्ला मञ्चमा सम्पन्न भएको कोणसभामा पास्टर दिल बहादुर तामाङले धर्मशास्त्रले पुष्टि गरेझैं येशू तेस्रो दिनमा फेरि उठ्नुभयो। अर्थात्, उहाँ निस्तार चाडको अघिल्लो दिन मर्नुभयो, त्यो शनिबार चिहानमा हुनुहुन्थ्यो, र अर्को दिन पुनरुत्थान हुनुभयो। किनभने ख्रीष्ट उठेको छ, हाम्रो विश्वास दृढ छ र परमेश्वर आफैले प्रमाणित गरेको बताउनुभयो। ख्रीष्ट येशूको पुनरुत्थान विषयमा प्रचार गर्दै पास्टर दिल तामाङले येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानले मानव जातीको निम्ति मुक्तिको ढोका खोली दिएको बताउनुभयो। येशू ख्रीष्ट सबै जातिको लागि प्रेम र प्रेरणाको स्रोत भएको उनले बताए।

    ईसाई समाज शाखा पुनर्वासका अध्यक्ष बल बहादुर तामाङ ज्यूको सभापतित्व, ईसाई समाज जिल्ला कार्यसमितिका अध्यक्ष सन्तोष सोनामको प्रमुख आतिथ्यमा शुरु गरिएको शान्ति यात्राको आतिथ्यमा पुनर्वासब्यपी पास्टर ज्यूहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई ईसाई समाज शाखा पुनर्वासका सचिव शमसेर तामाङले सञ्चालन गर्नुभएको थियो।

    शान्ति पदयात्रा –यालीसहित प्रतिभा नगर बजार परिक्रमा गर्दै आई बी आर डी को खुल्ला मञ्चमा सभामा परिणत भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by