Above Article Ad
  • मानसिक स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ

    Above Article Content Ad
  • एजेन्सी । शरीरलाई स्वस्थ राख्न मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । मानसिक स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर केही टिप्स दिँदैछौं ।

    निद्रा पूरा नहुँदा स्वास्थ्य सम्बन्धी कयौं समस्या हुन सक्छन् जो शारीरिक तथा मानसिक दुवै खाले हुन्छन् । यस्तो समस्याबाट बच्न सकेसम्म ७ देखि ८ घन्टाको निद्रा अवश्य लिनुहोस् ।

    Article inline ad #1
  • त्यस्तै नियमित रुपमा कसरत गर्दा पनि शरीरमा हर्मोनहरु सन्तुलित भइरहन्छन् । साथै रक्तसञ्चार पनि सही तरिकाले हुन्छ । यसले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सहयोग गर्छ ।
    मानसिक स्वास्थ्यलाई राम्रो बनाउन संगीतको पनि सहारा लिन सक्नुहुन्छ । यसले तनाव भाग्छ र निद्रा पनि राम्रो आउँछ । यसले शरीरमा ह्याप्पी हर्मोन रिलीज गर्छ, जसले मुडलाई राम्रो बनाउँछ ।

    त्यस्तै हर्बल टी पिउनु पनि एउटा राम्रो उपाय हो । यसले शरीरमा ताजगी ल्याउनुका साथै ऊर्जा पनि बनिरहन्छ । यसले तनाव भगाउनुका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । हर्बल टीमा गुड, अदुवा, तुलसी, क्यामोमाइल आदिको चिया पिउन सक्नुहुन्छ ।

    Article inline ad #2

    केही समय आफ्ना ग्याजेट्सहरुबाट दुरी बनाउनु पनि फाइदाजनक हुन्छ । मोबाइल, ल्यापटप आदिबाट केही समय ब्रेक लिँदा दिमागले पनि रेस्ट पाउँछ । साथै किताबहरुमा समय दिनुहोस् । यसले तनाव मुक्त बनाउन सहयोग गर्छ ।


    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by