Above Article Ad
  • गणेश नेपालीको निधन प्रकरण : धनगढीमा विरोध सभा, निष्पक्ष छानबिनको माग

    Above Article Content Ad
  • विरोध सभामा सहभागीहरूले महानगर प्रहरीको भूमिकामाथि निष्पक्ष अनुसन्धान गर्न माग गर्दै यस्ता घटनाले विशेषगरी युवा पुस्तामा नकारात्मक प्रभाव पार्ने भएकाले राज्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए। विरोध सभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि संघर्ष जारी रहने चेतावनीसमेत दिइएको छ।

    मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली काठमाडौंमा पठाओ चालकका रूपमा कार्यरत थिए। मोटरसाइकल पार्किङका विषयमा महानगर प्रहरीसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको थियो। उनको निधनपछि देशभर शोक व्यक्त गरिनुका साथै

    घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6