Above Article Ad
  • पहिरोबाट विस्थापित अपिहिमालका ६ परिवारलाई गाउँपालिकाको राहत

    Above Article Content Ad
  • दार्चुला-अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण विस्थापित भएका ६ परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ।

    वडा कार्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको तर्फबाट प्रतिपरिवार एक–एक थान कम्मल, त्रिपाल, म्याट्रेस र चामल वितरण गरिएको हो।

    गत भदौ १९ गते गएको पहिरोका कारण घरमा बस्न जोखिम भएपछि ती परिवार विस्थापित भएका थिए। विस्थापित परिवारलाई आफन्तको घरनजिकै सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

    Article inline ad #1
  • तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउँदै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।

    Article inline ad #2

    पहिरोका कारण प्रभावित परिवारको अवस्था र आवश्यकताका आधारमा थप सहयोग तथा व्यवस्थापनलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6