Above Article Ad
  • अबदेखि सरकारी कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने

    Above Article Content Ad
  • काठमाडौँ -अबदेखि सरकारी कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन् । ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । 

    कार्यालय समयमा पनि कर्मचारीहरु टिकटक र रिल्स बनाउन व्यस्त हुँदा सेवा प्रभावित भएको गुनासो बढेपछि सरकार उक्त प्रवृत्तिप्रति एक्सनमा उत्रिएको हो । 

    Article inline ad #1
  • सरकारी कर्मचारीले कार्यालय पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन् ।

    Article inline ad #2

    आचारसंहिता अनुसार कर्मचारीले कार्यालय समयमा, कार्यालय परिसर वा फिल्डमा खटिएको बेला कार्यलयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो तथा भिडियो सामाग्री निर्माण गर्न र सामाजिक सञ्जालमा पोष्ट गर्न पाउने छैनन् ।

    त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक वा अन्य सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादामा आँच नआउने गरी व्यवहार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । 

    त्यसबाहेक सरकार वा मन्त्रालयबाट भएका निर्णयको गलत अर्थ लाग्ने, कर्मचारीको मानमर्दन हुने वा नागरिकमा भ्रम व अविश्वास पैदा हुने भ्रामक सामाग्री सेयर वा प्रचार गर्नमा पनि आचारसंहिताले रोक लगाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6