Above Article Ad
  • भारतको जम्मुकश्मिरमा आतंकवादीको आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु

    Above Article Content Ad
  • रुपन्देही -बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ ।

    मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार नै सञ्चार माध्यमहरूमा सार्वजनिक भएको थियो । त्यसपछि ती नेपालीबारे सोधखोज सुरु भएको थियो ।

    Article inline ad #1
  • गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी हमलामा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरे । मृतकका परिवारबाट पनि यो कुरा पुष्टि भएको छ ।

    पारिवारिक स्रोतका अनुसार आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनको काका नाता पर्ने बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।

    Article inline ad #2
    ‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन,’ वडाध्यक्ष न्यौपानेले अनलाइनखबरसँग भने ।

    रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए, आतंकवादी हमलामा परे

    सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् ।उनीहरू बुधबार साँझसम्म काठमाडौं फर्कने गरी जम्मु कश्मिर विमानस्थलमा पुगिसकेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । सुदीपको शव पनि आज साँझसम्म काठमाडौं आइपुग्ने न्यौपानेले बताए ।

    आमा–बुबाको सम्बन्ध बिच्छेद भए पनि सुदीप बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको स्थानीय थानेश्वर पौडेलले बताए । ‘घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ,’ पौडेलले भने ।

    सुदीपको सवारी लाइसेन्स समेत घटनास्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सुदीपको परिवार घुम्न गएको जम्मुकश्मिरको उक्त ठाउँ मिनी स्वीट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र हो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ ।

    ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ ।यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन् । उनले यसलाई आतंकवादी हमला भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् ।मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by