Above Article Ad
  • पुनर्वासका कोरियोग्राफर सन्तोष अवस्थीलाई कैलाली रेडक्रसद्वारा सम्मान

    Above Article Content Ad
  • केहि समयदेखि रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक कार्यमा अग्रसर देखिएका पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता सन्तोष अवस्थी सम्मानित भएका छ्न ।

    नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा भएको एक भव्य कार्यक्रममा पुनर्वास २ अमरैया निवासी अवस्थीलाई सम्मान गरिएको हो । कार्यक्रम सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा भएको थियो ।

    Article inline ad #1
  • अवस्थीले रक्तदान कार्यक्रम मार्फत मानवीय सेवाको काम गरिरहेको सम्मान पत्रमा उल्लेख छ ।
    अवस्थी नेपाल स्वयंसेवी रक्तदाता समाजका सक्रिय सदस्य हुन । उनी आफैले अठार चोटि रक्तदान गरीसकेका छ्न भने र दुई चोटि रक्तदान कार्यक्रम सञ्चालन गरीसकेका छ्न । त्यसैगरी उनले एकसय अठार जनालाई रगत उपलब्ध गराईसकेका छ्न । त्यसैगरी रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र भावनाका साथ रगत उपलब्ध गराउन हरदम तयार हुने गरेका छ्न ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by