Above Article Ad
  • सशस्त्र प्रहरीको स्कुलमा करोडौं हिनामिना इन्स्पेक्टरसहित दुई जना पक्राउ

    Above Article Content Ad
  • कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको भनिएको करोडौं रुपैयाँको आर्थिक हिनामिना प्रकरणमा इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार उनीहरूलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइँदैछ।

    Article inline ad #1
  • सशस्त्र प्रहरी मुख्यालयले विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखी आर्थिक हिनामिना भएको भन्दै कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। मुख्यालयको प्रारम्भिक छानबिनमा उनीहरू दोषी देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार यस प्रकरणमा करोडौं रुपैयाँ हिनामिना भएको आशंका गरिएको छ। घटनाको मुख्य योजनाकार लेखा प्रमुख गुरुङ रहेको आरोप छ। उनी विगत ६ वर्षदेखि विद्यालयमा लेखापालको रूपमा कार्यरत थिइन्।

    यसै प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6