Above Article Ad
  • पत्रकार ऐश्वर्या कुँवर पाँच हजार धरौटीमा छुटिन्

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर धरौटीमा रिहा भएकी छन्।

    वडाध्यक्ष देवकोटाको जाहेरीका आधारमा पक्राउ परेकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको आदेशपछि कुँवर धरौटी बुझाएर मुक्त भएकी हुन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आदेश कार्यान्वयनसँगै उनलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए। प्रहरीले कुँवरलाई आठ दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो, जसमा पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन म्याद लिइएको थियो।

    Article inline ad #2

    घटना महेन्द्रनगरस्थित एक होटलमा भएको सार्वजनिक कार्यक्रममा रिपोर्टिङका क्रममा भएको बताइएको छ। आपसी भनाभनपछि कुँवरले वडा अध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य सार्वजनिक भिडियोमा देखिएको थियो। घटनालगत्तै उनलाई वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।

    कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6