Above Article Ad
  • पाँच वर्षदेखि खानेपानी योजना अलपत्र हुँदा बैतडीमा खानेपानीको अभाव

    Above Article Content Ad
  • बैतडी – गाउँमा भएका पानीका मुहान सुकेपछि बनियाँवासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । परम्परागत पानीका न्वालो (कुवा) सुकेपछि सो गाउँमा पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु भए पनि बजेट अभावका कारण अहिलेसम्म योजना पूरा नहुँदा बनियाँवासी काकाकुल बनेका छन् ।

    दोगडाकेदार गाउँपालिका–२, बनियाँ गाउँका चार वटा टोल कणेली, ढाँण, पातली र बनियाँमा खानेपानीको चर्को समस्या छ । चार टोलका करिब एक हजार घरपरिवार एक जर्किन पानीका लागि दिनभरि दौडधुप गरिरहेको स्थाानीय उपभोक्ता देवराज जोशीले बताउनुभयो ।

    Article inline ad #1
  • बनियाँमा खानेपानी पु-याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाएर कार्यान्वयन गरे पनि बजेट अभावका कारण सो योजना अहिलेसम्म पूरा हुन सकेको छैन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमार्फत कार्यान्वयन भइरहेको उक्त योजनाका चार वटा स्किममध्ये तीन वटा स्किम लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको डिभिजन खानेपानी कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताउनुभयो ।
    उहाँले पुराना योजनामा पर्याप्त बजेट नआउँदा बर्सेनि थपिने नयाँ योजनामा काम गर्नुपर्दा अलमल भइरहेको बताउनुभयो । प्रदेशले माथिबाटै नयाँ योजना तोकेर पठाएपछि सोही अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो ।खानेपानी योजनामा राजनीतिक पहुँचका भरमा बजेट आउने भएकाले बनियाँवासी अन्यायमा परेको स्थानीय केशव भाटले बताउनुभयो । उहाँले बजेट अभावकै कारण बनियाँमा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र परेको गुनासो गर्नुभयो । पानी नपाएर भोकै बस्नुपर्ने अवस्था आएपछि एक जर्किन पानी भर्न दुई घण्टा उकाली ओराली गरेर पानी भर्दै आएको उहाँले पीडा सुनाउनुभयो ।

    बैतडीमा पछिल्लो समय डोजरले जथाभावी सडक निर्माण गर्दा अधिकांश पानीका मुहान सुकेका छन् । परम्परागत कुवा, न्वालो र पँधेरा सुकेपछि जिल्लामा एक सयभन्दा बढी लिफ्ट खानेपानी योजना सञ्चालनमा छन् । थप २४ वटा कमागत र चालु आर्थिक वर्षमा २७ गरेर ५१ वटा लिफ्ट खानेपानी योजनाको काम चलिरहेको छ । जलवायु परिवर्तन, सडक निर्माण र डढेलो जस्ता कारणले पानीका मुहान सुक्दै गएको पाइएको छ ।

    Article inline ad #2

    परम्परागत पानीका न्वालो सुकेपछि जिल्लाका मुख्य बजार पाटन, खोड्पेदेखि माण्डौँ, मेलौली र बैतडी सदरमुकाम गरेर एक सयभन्दा बढी लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेका छन् । यी योजनाबाट उपभोक्ताले मासिक शुल्क तिरेर लिफ्ट खानेपानी उपभोग गर्दै आइरहेका छन् । ५१ वटा थप लिफ्ट खानेपानी योजना बन्ने चरणमा छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by