Above Article Ad
  • धनगढी उपमहानगरले थप चार रुटमा नगर बस सञ्चालन गर्ने

    Above Article Content Ad
  • धनगढी- धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा नगर बस सञ्चालन गर्दै आएकोमा आगामी आर्थिक वर्षबाट थप चार वटा रुटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।

    धनगढी उपमहानगरपालिकाले आगामी बजेटमै थप चार रुटमा नगर बस सेवा सञ्चालन गर्न आवश्यक तयारी गरेको जनाएको छ।

    Article inline ad #1
  • उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एकापसमा जोडी आर्थिक गतिविधिहरू सञ्चालन गर्दै उपमहानगरबासीको आयआर्जन वृद्धि गर्न नगर बस सेवा विस्तार गर्न लागिएको हो।

    Article inline ad #2

    उपमहानरपालिकाले धनगढी-कनरी- रामपुर- चौमला रुटमा नगर बस सेवा सञ्चालन गर्ने भएको हो। यसैगरी, धनगढी-पथरी-वनबेहडा तथा बेली-जुगेडा-घूईंयाघाट-बंगरा कटान र धनगढी-घोडसुवा-स्याउले रुटमा नगर बस सञ्चालन गर्ने तयारी गरेको हो।

    धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा २०८१ भदौदेखि नगर बस सेवा सञ्चालनमा ल्याएको हो। नयाँ चार रुट थप भएसँगै धनगढी उपमहानगरपालिकाले नगर बस सेवा पाँच रुटमा सञ्चालन गर्ने भएको हो।

    नगर बस सेवा विस्तार गर्न ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6