Above Article Ad
  • मुक्का प्रहार प्रकरणः पत्रकार कुँवर महासंघको सदस्यताबाट निलम्बित

    Above Article Content Ad
  • धनगढी-नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले पत्रकार ऐश्वर्य कुँवरलाई सदस्यताबाट निलम्बन गरेको छ।

    महासंघका अनुसार पत्रकार आचरणविपरीत कार्य गरेको भन्दै ‘नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५)’ को परिच्छेद ५ को दफा १८(३) को ‘च’ बमोजिम उनलाई निलम्बन गरिएको हो।

    Article inline ad #1
  • कुँवरले असार ७ गते दिउँसो भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको थियो। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #2

    सामाजिक सञ्जालमा ‘एके३ टिभी’ नामक फेसबुक पेज सञ्चालन गर्दै आएकी कुँवर यसअघि पनि प्रहरी नियन्त्रणमा पुगेकी थिइन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6