Above Article Ad
  • बाजुराको लाम्पाटामा सीमा विवाद पछि सुरक्षाकर्मी परिचालन

    Above Article Content Ad
  • धनगढी- बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत लाम्पाटामा सीमा विवादका कारण कुटपिटको घटना भएपछि त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनापछि क्षेत्रको वस्तुगत अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको हो।

    हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जनामाथि कुटपिट गरेको थियो। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानका क्रममा धनगढीका मेयर गोपाल हमालको नेतृत्वमा पुगेको टोली स्थानीय अवरोधका कारण साइपाल बेसक्याम्प नपुग्दै फर्किनुपरेको थियो।

    Article inline ad #1
  • घटना भएको करिब एक हप्तापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको टोली लाम्पाटातर्फ पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको अवस्था बुझ्न संयुक्त टोली खटाइएको जानकारी दिए।

    Article inline ad #2

    उनका अनुसार शनिबार परिचालित टोली आइतबार मात्र लाम्पाटा पुग्नेछ। सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई) ले गरेका छन्। लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादकै विषयलाई लिएर कुटपिटमा परेका वडा सदस्यसहित घाइतेहरू उपचारका लागि काठमाडौं लगिएका थिए।

    प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ र सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6