
ट्राफिक व्यवस्थापनमा नवजीवन अस्पतालको निरन्तर साथ, २३ ट्राफिक कोण हस्तान्तरण
धनगढी -सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नवजीवन अस्पताल प्रालिले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय, अत्तरियालाई २३ वटा ट्राफिक कोण हस्तान्तरण गरेको छ।
“सुदूरपश्चिम प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी” कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक चक्र खडायत ले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै खडायतले सडक सुरक्षा केवल सरकारी निकायको मात्र नभई सम्पूर्ण नागरिक र संस्थाहरूको साझा दायित्व भएको बताए। दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि नवजीवन अस्पताल सधैं सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
नवजीवन अस्पतालले यसअघि पनि ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले १५० वटा ट्राफिक कोण हस्तान्तरण गरिसकेको छ। अस्पतालले आगामी दिनमा समेत सडक दुर्घटना नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जनचेतनामूलक अभियानहरूमा आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।
सरकारी निकाय र निजी क्षेत्रबीचको यस्तो सहकार्यले सुरक्षित सडक, व्यवस्थित यातायात प्रणाली निर्माण तथा दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।















