Above Article Ad
  • धनगढीमा देउडा गायिका कृष्ण सिराडी पहाडको अर्गानिक अन फलफुल र तरकारी बिक्री गर्दै

    Above Article Content Ad
  • धनगढीः डेउडा गायिका कृष्णा सिराडी पहाडको अर्गानिक उत्पादन बिक्री गर्दै आएकी छन्।
    २०७१ सालदेखि धनगढीमा पहाडी अन्न, फलफूल र तरकारी बिक्री गर्दै आएकी सिराडीले सहिद गेट हाटबजारमा अर्गानिक खाद्यान्न पसल खोलेकी हुन्।
    दस वर्षदेखि थोकमा सामान बिक्री गर्दै आएकी उनले चार महिना अघिदेखि पसल थापेकी छन्। सिराडीले आफ्नो पसलमा डोटीमा उत्पादन भएको कोदो र मकैको पिठो, जोरायली बासमती, जुम्ली मार्सी, सिमी, फापरको पिठो, कालो भटमास, गहत, टिमुर, भाङ्गाका दाना लगायतका अर्गानिक बस्तु राखेकी छन्।

    यस्तो छ पढ्दै कमाउँदैको यात्रा
    डोटीको बडिकेदार गाउँपालिका–५ घर भएकी सिराडी डेउडा गायिका समेत हुन्। उनले अहिलेसम्म डेढ सय गीतमा आवाज दिएको बताएकी छन्। एसएलसी परीक्षा दिएर २०७० मा डोटीबाट धनगढी झरेकी सिराडीले सुरुवाती दिनमा धनगढीमा साइकलमा तरकारी, फलफूल र अन्न राखेर बिक्री गरेको सुनाइन्।

    Article inline ad #1
  • साइकलमा फलफूल र तरकारी बिक्री गरेर आफ्नो पढाइ खर्चका साथै परिवारलाई समेत पैसा पठाएको सिराडीले बताइन्। सिराडीले आफ्नो पसलमा आफैले बनाएको लप्सी, अमला, मिक्स र कागतीको अचार राखेकी छन् भने डोटीको मह, घ्यू, मकैको च्याख्ला, कालो मास, सिस्नुको पाउडर, सिजलन फलफूल र तरकारी पहाडबाट मगाएर होलसेलमा बिक्री गर्दै आएकी छन्।

    Article inline ad #2

    कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह चौथो सेमेस्टरमा समाजशास्त्रकी विद्यार्थी सिराडीसँग डेउडा गायनका अतिरिक्त फोटो तथा भिडियोग्राफीमा समेत ९ वर्षसम्म काम गरेको अनुभव छ।

    साहित्यमा रुचि रहेको बताउने सिराडी गजल लेखनबाट गायनतर्फ ढल्किएकी हुन्। व्यावसायिक रूपमा स्थापित हुनुपर्छ भनेर सहिद गेट हाटबजारबाट व्यवसाय सुरु गरेको सिराडीले पहाडी कृषि उत्पादनको बिक्री वितरण पसलबाट गर्न थालेको बताइन्। उनले अर्गानिक खाद्यवस्तुको माग धनगढीमा उच्च रहेकाले पसल खोलेको बताइन्। ‘एसएलसी दिएर धनगढी आएको केही महिनापछि मैले आमाले घरबाट पठाएको खाद्यान्न फलफूल र तरकारी बिक्री गर्न थालेकी हुँ। सुरुवात दिनहरूमा साइकलमा सामान राखेर पसलहरूमा पुगेर बिक्री गरेकी हुँ,’ उनले भनिन्, ‘यसरी घरमै उत्पादन भएको कृषि उपज बिक्री गर्दै गर्दा अहिले आएर अर्गानिक कृषि उपजको पसल नै खोल्नुपर्छ भन्नेमा पुगिएको हो।’

    अत्तरियाको अलिसा म्युजिक स्टुडियोसँग अहिले पनि आबद्ध रहेकी सिराडी विभिन्न सामाजिक संस्थामा समेत सक्रिय छिन्। आठ वर्षदेखि पहाडबाट फलफूल र तरकारी ल्याएर धनगढीमा बिक्री आएकी उनले अब भने व्यवसायलाई बढी समय दिने सोच बनाएकी छन्।

    सुरूवाती दिनहरूमा साइकलमा तरकारी बिक्री गरेर दैनिक दुई हजारसम्म आम्दानी भएको बताउने उनले अहिले पनि धनगढीमा पहाडी अर्गानिक बस्तुको माग राम्रो रहेको बताएकी छन्। ‘धनगढीमा अर्गानिक कृषि उपजको माग बढी छ। पसलमा कोदोको र मकैको पिठो सबैभन्दा बढी बिक्री हुन्छ। मैले डोटी र जुम्लाको अर्गानिक खाद्यान्न बिक्री गरिरहेकी छु,’ उनले भनिन्, ‘अर्गानिक बस्तुको बजार राम्रो छ।’

    आमाले घरमै उत्पादन भएको तरकारी, अन्न र फलफूल पठाउने र धनगढीमा आफूले बिक्री गरेर पढ्दापढ्दै कमाउन अभ्यस्त भएको सिराडीको सुखद विगत छ। कक्षा ११ मा पढ्दा करिब ८ महिना पत्रीकामा समेत काम गरेको बताउने उनले पत्रकारिता पैसा नहुने समस्या देखेर गीत सँगीतमा लागेको बताइन्।

    अर्गानिक पसल खोलेर व्यवसाय सुरु गरेकी कृष्णाको भविष्यमा धनगढीमै अर्गानिक मार्ट खोल्ने सोच छ। उनले भनिन्, ‘धनगढीमा अर्गानिक बस्तुको माग राम्रो छ। अहिले सानो पसलबाट सुरु गरेर पछि अर्गानिक मार्ट खोल्ने सोच छ,’ उनले भनिन्।

    सहिद गेट हाटबजारमा स्टल बीको एक नम्बर स्टलमा कृष्णाले चार महिना अगाडि पसल खोलेकी हुन्। दैनिक हुने बिक्रीबाट आफू सन्तुष्ट रहेको उनले बताइन्।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by