पुनर्वासमा नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रको चुनावी प्रचारप्रसार तिव्र
हरिलाल जोशी
पुनर्वास–बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको दिन नजिकिएसँगै कञ्चनपुरको पुनर्वासमा नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रको चुनावी प्रचारप्रसार तिव्र रुपमा हुँदै गएको छ ।
कञ्चनपुरमा दुई दलिय गठबन्धन भएपछि नेकपा एकिकृत समाजवादी पार्टीलाई प्रमुख र नेकपा माओवादी केन्द्रलाई उपप्रमुखको भाग परेपछि दुबै दल यतिबेला संयुक्त चुनावी प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।
आईतबार मेयर पदका उम्मेदवार जिवनराज थापा र उपमेयर पदका उम्मेदवार धोखे राना , वडाध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर बस्नेत लगायत नेता कार्यकर्ता पुनर्वास नगरपालिका–४ मा मतदाताहरुको घरदैलोमा आफ्ना एजेण्डा सहित पुगेका हुन् ।
नगर प्रमुखका उम्मेदवार थापाले अघिल्लो कार्यकालमा पुनर्वास नगरपालिकामा गरेका विकास पुर्वाधारका विषयमा मतदातालाई अवगत समेत गराउँदै आएका छन् ।
थापाले नगरको विकासका लागि कानुन निर्माण गर्न ढिलाई भएका कारण केहि विकास अधुरा छन् , ती अधुरा विकास निर्माणलाई पुरा गर्न मेरो उम्मेदवारी पुनः नगरमा दिएको र विजयी गराउनु हुनेछ भन्ने पूर्ण आसा र विश्वास रहेको बताए ।
नेकपा एमालेबाट अलग्गिएर पुर्ननिर्माण भएको पार्टी भएपनि पुनर्वासमा एकिकृत समाजवादी प्रति जनता र कार्यकर्ताको बढ्दो लहर छ ।