Above Article Ad
  • दैजीमा ईभी हाईस दुर्घटना, १३ यात्रु घाइते

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।

    दिउँसो करिब ३ः३० बजे धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको ईभी हाईस अनियन्त्रित भई सडक छेउको नालातर्फ पल्टिन लागेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • दुर्घटनाका बेला हाईसमा चालकसहित १७ जना सवार थिए। तीमध्ये १३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ।

    Article inline ad #2

    प्रहरीका अनुसार घाइतेमध्ये कृष्णपुर नगरपालिका-९ का ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट नगरपालिका-१० का २० वर्षीय जीवनसिंह कडाल, टिकापुर नगरपालिका-९ कैलालीकी ४५ वर्षीया राधादेवी शाह तथा धनगढी उपमहानगरपालिका-५ की २५ वर्षीया सम्झना सिंहको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    हाईस चालक बेदकोट नगरपालिका-९ सुन्दरपुर निवासी २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको र सडक यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6