
पुनर्वासमा सशस्त्र प्रहरीद्वारा सीमाका हरेक क्रियाकलापमा स्थानीयको भुमिका विषयक अन्तक्रिया
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकाका अधिकाँश भुभाग भारतीय सीमासँग जोेडिएका कारण बढ्न सक्ने अपराधिक क्रियाकलापहरुको न्यनिकरणका लागि स्थानीयहरुसँग अन्तक्रिया गरिएको छ.।
शुक्रबार पुनर्वास नगरपालिका–६ स्थित सशस्त्र प्रहरी बल आउट पोष्ट पुनर्वास (बिओपी) को आयोजनामा जनप्रतिनिधि,स्थानीय र उधोग वाणिज्य संघका पदाधिकारीहरुसँग सीमाका हरेक क्रियाकलापमा स्थानीयको भुमिका विषयक अन्तक्रिया कार्यक्र गरिएको हो ।
कार्यक्रममा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्रसिँह लामाले बर्दिका प्रहरी र जनप्रतिनिधिको जिम्मेवारी मात्रै नसम्झी स्थानीय जागरुक भएमात्रै सीमामा हुने तस्करी, अपराधिक लगायतका क्रियाकलाप न्यूनिकरण गर्न सकिने बताए ।
त्यस्तै पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकायाले पनि रातभर ओसारेर हाम्रा नेपालीका घरमा भारतीय सामानको गोदाम रहेको, त्यहिबाट सामान नेपाली बजारमा पुग्छ यसमा स्थानीय सचेत हुन जरुरी रहेको भनाई व्यक्त गरे ।
उपस्थित स्थानीयहरुले पहिले प्रशासन कस्सिए भोली व्यापारी र स्थानीयहरु आफै सचेत हुने बताएका थिए । त्यसैगरी बिओपी पुनर्वासका प्रमुख प्रहरी निरिक्षक ईश्वर भट्टले सुरक्षा निकायले कडाई गरिरहेको तर घरायसी सामानका बहानामा सामान प्रायः भारतीय बजारबाट नेपाल भित्रिने गरेको सुनाए । उनले तस्करी सुरक्षा निकायले मात्रै रोक्नुपर्छ भन्नुभन्दा हामी सबै सचेत भए तस्करी आफै रोकिने जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले ‘सीमा क्षेत्रमा लागूऔषध ओसारपसार, चोरीपैठारी, तस्करी लगायतका गतिविधि नियन्त्रण गर्न स्थानीयको पनि भुमिका आवश्यक पर्ने बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख डम्बरबहादुर खड्का, पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकाया, पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्रसिँह लामा, वडाका सदस्यहरु,स्थानीय,राजनितिक दलका प्रतिनिधिहरु ल्गायतका व्यक्तिहरु सहभागी थिए ।