
पुनर्वासमा स्कुल बसको ठक्करबाट एक जना घाईते, मायामेट्रो हस्पिटलमा उपचार हुँदै
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा विपरित दिशाबाट आईरहेको मोटरसाईकल र स्कुल बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढीको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार एक जना घाईते भएका हुन् ।
Article inline ad #1
दुर्घटनाबाट घाईते हुनेमा पुनर्वास नगरपालिका–३, रामबस्तीका ४४ वर्षिय रमेश तामाङ रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
Article inline ad #2
घाईते तामाङको धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक शाहीले बताए ।
सो स्कुल बस ३२ वर्षिय चालक प्रेमसिँह रानाले चलाएको थियो । दुर्घटनापछि स्कुल बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad