
सुदूरपश्चिम विश्वविद्यालय र टीकापुर क्याम्पसको जग्गा अतिक्रमण state7online.com/archives/147913
Above Article Content Ad
धनगढी -सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयहरूको नाममा रहेको जग्गा संरक्षणमा समस्या देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालयको स्वामित्वमा रहेको ६ लाख ५३ हजार वर्गमिटर जग्गा र टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गा अतिक्रमण परेकाले संरक्षणमा तदारुकता देखाउन भनेको छ ।
त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयको नाममा सुदूरपश्चिममा रहेको थप १२ बिघा १९ कठ्ठा जग्गा पनि हालसम्म दर्ता हुन सकेको छैन । यस्तो जग्गा अतिक्रमणको उच्च जोखिममा रहेको भन्दै महालेखाले तुरुन्तै सरकारी नाममा दर्ता र संरक्षण गर्न निर्देशन दिएको छ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















