Above Article Ad
  • श्रममन्त्रीले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम अपहरण आरोपमा पक्राउ

    Above Article Content Ad
  • सप्तरी -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।

    सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो ।

    Article inline ad #1
  • उनलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ । प्रहरीको विज्ञप्तिमा भने उनको नाम  ‘मुस्तकिम मिँया’ उल्लेख छ । तर ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एकै व्यक्ति रहेको स्रोतले बतायो  ।

    सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले मिँयामाथि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।मिँयाबाट पीडित भएको भन्दै एक व्यक्तिले प्रहरीमा दिएको किटानी जाहेरीमा एकान्त ठाउँमा बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप छ ।

    Article inline ad #2

    सो भिडियो सामाजिक सन्जाल फेसबुकमा भाइरल भएपछि मुस्तकिम मिँयाको आलोचना सुरू भएको थियो भने राजनीतिक संरक्षणमा जोगाउन खोजिएको आरोप प्रहरी माथि लागेको थियो ।खोजतलासको क्रममा राजविराज नगरपालिका वडा नम्बर ८ बाट मिँयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।मिँयाले आफू जेनजी आन्दोलनको अगुवा भएको दावी गर्दै जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।

    अनलाइन न्युजबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6