Above Article Ad
  • कैलालीमा थुनामा रहेका एक जनाकाे मृत्यु

    Above Article Content Ad
  • धनगढी: कैलालीमा थुनामा रहेका एक जनाकाे मृत्यु भएकाे छ। डडेल्धुराकाे भाषेश्वर गाउपालिका-५ का २८ वर्षीय हरिश पालीकाे उपचारका क्रममा साेमवार राति मृत्यु भएकाे हाे। उनी  बैंकिङ कसुर मुद्दामा पक्राउ परेका थिए।

    जिल्ला प्रहरी कार्यालय, कैलालीले उपचारका क्रममा उनकाे मृत्यु भएकाे बताएकाे छ। तर, प्रहरीले उनी थुनाका रहेकाे समय सार्वजनिक गरेकाे छैन।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय पछि पालीलाई जिल्ला कारागार कैलालीमा राखिएको थियो। कारागारमा दुई दिन नबित्दै पाली बिरामी भएपछि उपचारको लागि प्रादेशिक सेती अस्पताल कैलालीमा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकु राजकुमार सिंहले बताए। तर,  आफन्तहरूले भने  यातना दिएर प्रहरी कार्यालयमा वा कारागारमै मारेर अस्पताल पुर्‍याएको हुनसक्ने आशंका गरेका छन्।

    Article inline ad #2

    आफन्तले सिसिटिभी फुटेज माग्दा पनि उपलब्ध हुन सकेको छैन।  सिसिटिभी फुटेज समेत उपलब्ध नगराउँदा आफन्तहरू प्रहरीले नै हत्या गरेको अाराेप लगाएका हुन। उनीहरूले प्रहरी नायब निरीक्षक हरिजित नाथकाे खातामा  ८५ हजार रुपैयाँ असार २ गते पठाएको समेत बताएका छन।

    सेती प्रादेशिक अस्पतालको शवगृहमा गई मृतकको अवस्था हेर्दा शरीरभरि निलडाम र टाउकाको पछाडि भागबाट रगत बगेको अवस्थामा रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by