
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन
Above Article Content Ad
काठमाडौँ -बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ ।
Article inline ad #1
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो ।
Article inline ad #2
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















