
कञ्चनपुरको पुनर्वासमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, दुईजना पक्राउ
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरमा एक युवकको ज्यान जाने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। सोही घटनामा संलग्न भएको आशंकामा सोही वडाका २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Article inline ad #1
प्रहरीका अनुसार, उनीहरू नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
Below Article Content Ad















