Above Article Ad
  • सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन सरकारको निर्देशन

    Above Article Content Ad
  • काठमाडौँ –यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो ।

    Article inline ad #1
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न विभागले सम्झाएको छ ।

    Article inline ad #2

    इन्धनको मूल्य बढेसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको छ ।

    सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुव्र्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको हो ।

    विभागले पठाउको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण गराइएको छ । त्यसदिन विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने सहमति अनुसार विद्यार्थीहरूले गाडी भाडामा सहुलियत पाउँदै आएका छन्।

    यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने विभागका अधिकारीले बताएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6