Above Article Ad
  • नेकपाकी उम्मेदवार बिना मगर विरुद्ध चुनावी मुखमा कपोकल्पित आरोप, पार्टीद्वारा विज्ञप्ति जारी

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बीना मगरविरुद्ध विदेशबाट नियोजित रूपमा झुटा र भ्रामक प्रचारबाजी भइरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ।

    नेकपाका अनुसार चुनावी अभियानका क्रममा क्षेत्रका मतदाताहरू उम्मेदवार मगरप्रति आकर्षित भइरहेका बेला विपक्षी दल तथा समूहले विदेशमा बस्ने केही व्यक्तिहरूलाई प्रयोग गरी सामाजिक सञ्जालमार्फत दुष्प्रचार फैलाइरहेका छन्।

    Article inline ad #1
  • नेकपा निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेकपा मिन गुरुङ’ नामक फेसबुक अकाउन्टमार्फत उम्मेदवारविरुद्ध तथ्यहीन आरोप लगाइएको भिडियो केही सञ्चारमाध्यमका सामाजिक सञ्जाल पेजहरूबाट शेयर भएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

    Article inline ad #2

    विज्ञप्तिमा जेनजी विद्रोहपछि आउँदो २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको उल्लेख गर्दै देशभर चुनावी वातावरण बनेको र लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू प्रतिस्पर्धामा रहेको जनाइएको छ। यही सन्दर्भमा नेकपाले महिला नेतृ बीना मगरलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको जानकारी आम नागरिकलाई पहिल्यै रहेको विज्ञप्तिमा उल्लेख छ।

    “हाम्रा उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी मैदानमा सक्रिय भइरहेका बेला सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध झुटा र आधारहीन आरोप लगाइएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।

    बीना मगरको नाम जोड्दै बेल्जियममा ‘पाँचवटा रेष्टुरेन्ट रहेको’ भन्ने जस्ता आरोप पूर्ण रूपमा कपोकल्पित, मिथ्या र प्रायोजित दुष्प्रचार भएको नेकपाको दाबी छ। पार्टीका अनुसार उम्मेदवारको पक्षमा जनलहर बढ्दै गएपछि अत्तालिएका स्वदेशी प्रतिगामी तत्वहरूले विदेशमा रहेका नेपालीलाई उक्साएर हुँदै नभएका भ्रम फैलाइरहेका छन्।

    विज्ञप्तिमा कुनै प्रमाण, तथ्य वा आधारबिना यस्ता आरोपलाई केही नेपाली सञ्चारमाध्यमले सप्रेषण गर्नुले समग्र सञ्चार जगतको विश्वसनीयता र गरिमामाथि प्रश्न उठ्ने पनि उल्लेख गरिएको छ।

    नेकपा कञ्चनपुर क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा चुनावको मुखमा षड्यन्त्रमूलक ढंगले चरित्र हत्या गर्ने, बदनाम गर्ने र मानमर्दन गर्ने गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ। अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिइएको छ।

    साथै पार्टी र उम्मेदवारविरुद्ध फैलाइएका भ्रम तथा दुष्प्रचारमा विश्वास नगर्न कञ्चनपुर क्षेत्र नम्बर १ का आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेकपाले अनुरोध गरेको छ।

    विज्ञप्तिमा २०७४ सालमा निर्वाचित भई खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेकी बीना मगर त्यसअघि र त्यसपछि पनि जनताको सेवामा निरन्तर खटिँदै आएको दाबी गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6