Above Article Ad
  • बालेन शाह भोलि धनगढी आउँदै

    Above Article Content Ad
  • धनगढी-रास्वपाका वरिष्ठ नेता बालेन शाह मङ्गलवार धनगढी आउने भएका छन्। रास्वपाको चुनावी कार्यक्रममा भाग लिन शाह धनगढी आउने भएका हुन्।

    रास्वपा नेता जसुदेवी भट्टका अनुसार बालेन मङ्गलवार नेपालगन्ज हुँदै बिहान धनगढी  पुग्नेछन्।

    Article inline ad #1
  • धनगढीमा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन्। मङ्गलवारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहने रास्वपाका एक नेताले बताए।

    Article inline ad #2

    शाह कैलाली जिल्लामा हुने पार्टीका कार्यक्रममा सरिक हुने र पहाडी जिल्लाहरूमा समेत पुग्ने कार्यक्रम तय भएको तर ठ्याक्कै समयसारणी तय नभएको रास्वपा नेताले बताए।

    बालेननिकट स्रोतका अनुसार भोलि कैलाली पुगेपछि  उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् ।

    अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ ।

    त्यसपछि उनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6