Above Article Ad
  • कञ्चनपुरमा चर्काे भाडा असुल्ने करिब दुई दर्जन अटो व्यवसायी प्रहरी कारबाहीमा

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा यात्रुहरूबाट चार गुणाभन्दा बढि भाडा असुल्दै आएका करिब दुई दर्जन अटो व्यवसायीहरू प्रहरी कारबाहीमा परेका छन्।

     

    Article inline ad #1
  • भारतबाट मजदुरी गरेर स्वदेश फर्किने यात्रुहरूबाट अत्यधिक भाडा असुल्ने गतिविधि बढेपछि अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले मंगलबार बिहानदेखि निगरानी र कारबाही थालेको हो।

    Article inline ad #2

    ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामदत्त भट्टका अनुसार, यात्रुहरूसँग सोधपुछ गर्दा अटो व्यवसायीहरूले गड्डाचौकीबाट महेन्द्रनगरसम्मको ५० रुपैयाँ भाडा सट्टा ३०० देखि ५०० रुपैयाँसम्म लिने गरेको पाइएको हो। साथै, केही अटोले यात्रुहरूलाई ६० किलोमिटर टाढा अत्तरियासम्म पु¥याउँदै २,३०० रुपैयाँसम्म असुल्ने गरेको खुल्न आएको छ।

    प्रहरीले मंगलबार अत्तरियातर्फ तीन जना यात्रु बोक्दै गरेको एक अटो चालकलाई १,५०० रुपैयाँ जरिवाना गरेको जनाएको छ। भट्टका अनुसार लामो दूरीका लागि अटो सञ्चालन गर्न नपाइने भए पनि व्यवसायीहरूले नियम उल्लङ्घन गर्दै मनपरी भाडा असुल्ने गरेका छन्।

    महेन्द्रनगरबाट अत्तरियासम्म बस र हाइसले करिब १५० रुपैयाँ मात्र भाडा लिने भए पनि अटो व्यवसायीहरूले त्यसको धेरै गुणा बढी रकम असुल्ने गरेको पाइएको छ।
    भट्टले कात्तिक १२ गतेदेखि नै यात्रुहरूको समस्या बुझ्दै चर्को भाडा असुल्ने अटो व्यवसायीहरूको पहिचान र निगरानी गरिरहेको बताए। मंगलबार पहिलो चरणमा करिब दुई दर्जन अटो चालकलाई सामान्य जरिवाना गरेर तोकिएको भाडादरअनुसार सञ्चालन गर्न चेतावनी दिइएको हो।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज वरिष्ठ सई सुरेन्द्र चन्दले तोकिएको भन्दा बढी भाडा असुल्नेहरूमाथि अब कडा कारबाही गर्ने चेतावनी दिएका छन्। अटो व्यवसायीहरूले भने यात्रुहरूको झोला तथा सामाग्री बोक्नुपर्दा भाडा बढाउने गरेको बताएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6