
बैतडीको प्रशिद्ध शक्तिपीठ निङ्गलाशैनीको मेला सुरु
Above Article Content Ad
घटस्थापनाका दिनदेखि नित्य पूजापाठ हुँदै आएको मन्दिरमा सप्तमी र महाष्टमीका मेला लाग्ने गर्छ।
Article inline ad #1
निङ्गलाशैनी भगवती मन्दिरमा सप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको सप्तमीको राति र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।
Article inline ad #2
निङ्गलाशैनी भगवतीको दर्शन गर्न र जाँत हेर्न दर्शनार्थीहरु मन्दिरमा पुगिसकेका छन्। सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गर्छन्।
निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad

























