Above Article Ad
  • पुनर्वास छापाखानाले बिक्री गर्दै भारतीय बजारभन्दा सस्तोमा स्वदेशी उत्पादनको कपी

    Above Article Content Ad
  • पुनर्वास- सस्तोका प्रलोभनमा प्रायः धेरैजसो नेपालीहरू भारतका सीमावर्ती बजारहरूमा लुटिँदै आएका हुन्छन् ।

    भारतीयबाट लुटिने क्रमलाई रोक्न कञ्चनपुरको पुनर्वास नगरपालिका ६ आई.बि.आर.डी. स्थित पुनर्वास छापाखानाले कञ्चनपुरका विभिन्न पर्यटकीय क्षेत्रहरूको तस्बिर सहितका कपी उत्पादन सुरु गरेको छ ।

    Article inline ad #1
  • विद्यार्थीहरूलाई सस्तो मूल्यमा कपी उपलब्ध गराउने
    र   पर्यटकीय क्षेत्रहरूको  प्रवर्धन गराउने मुख्य उद्देश्यले ठूलो चुनौतीका बावजुद पुनर्वासमा कपि उद्योग सञ्चालन गरेको सञ्चालक देवेन्द्र शर्माले जानकारी दिए।

    Article inline ad #2

     

    भारतीय सीमावर्ती बजारका व्यवसायीहरूले नेपाली ग्राहकलाई मूल्य एक किसिमको सुनाएर अर्कै मूल्य जोडेर रकम लिइरहेका हुन्छन् । तर हामी नेपालीलाई त्यो कुरा थाहा नै हुँदैन। पुनर्वास कपि उद्योगका  सञ्चालक  शर्माको  भनाइ छ ।

    “हामीले पुनर्वास-बेलौरीका स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसार होस् भन्ने हेतुले कपीको कभर पेजमा फोटो प्रिन्ट राखेका छौं । मूल्य पनि भारतीय बजारमा पाइने कपीभन्दा सस्तो र गुणस्तरीय कागजको प्रयोग गरेका छौं ।” सञ्चालक शर्माले भने, “यतिबेला हामीले एक दर्जन कपी किन्नेलाई तीनवटा कपी निःशुल्क गरेका छौं । यसले विद्यार्थीहरूलाई सहज हुने विश्वास छ।”

    स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले विगत लामो समयदेखि छापाखाना सञ्चालन गरेका शर्माले आगामी दिनमा पर्यटकीय क्षेत्रका तस्बिरसँगै विद्यार्थीहरूका सिकाइका कुरालाई कपिको कभर पेजमा थप गर्दै लैजाने  बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6