Above Article Ad
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास – कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजार नजिकै मंगलबार राती भएको मोटरसाइकल दुर्घटना भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुदूरपश्चिम प्रदेश ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका वडा-१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ|

    Article inline ad #1
  • गम्भीर घाइते कठरियाको उपचारका लागि घोडाघोडी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, अर्को मोटरसाइकल (से ७ प ७०८९)का चालक लम्कीचुहा नगरपालिका वडानम्बर ४ का २५ वर्षीय उदय भाट, पछाडि सवार गौरव भाट दुर्घटनामा घाइते भएको बताए। उनीहरूको उपचार भइरहेको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6