Above Article Ad
  • पुनर्वासमा अपराधीक गतिविधि रोक्न प्रहरीको उत्कृष्ट कार्य

    दश स्थानमा क्यामेरा,६ स्थानमा बत्ती र ६ होडिङ बोर्ड

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पालिकाको दश स्थानमा सिसिटिभी र ६ स्थानमा सडकबत्ती जडान गरेको छ ।

    मंगलबार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा र नगर उपप्रमुख भुलीया कुमारी रानाले संयुक्त रुपमा सिसिटिभी क्यामेरा र सडकबत्ती तथा प्रभु बैक आइबीआरडीको सहयोगमा प्राप्त तिन ओटा सुचनामुलक होडिङ बोड ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई हस्तानान्तरण गर्नुभएको हो ।

    Article inline ad #1
  • नगरपालिका भित्रका संबेदनशिल क्षेत्रहरुमा फाइबर कनेक्टीभिटी सिस्टम सहितको सिसिटिभी क्यामेरा र सडक बत्ती जडान गरीएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।

    Article inline ad #2

    उहाँले साढे ७ लाख बजेटमा दश स्थानमा सो क्यामेरा र सडक बत्ती जडान गरीएपनि आफ्नो लक्ष्य नगरको २४ स्थानमा सिसिटिभी जडान गर्ने रहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

    बाकी स्थानहरुका लागि आगामी बर्षमा पुनः बजेट माग गरी ससिटिभी जडान गर्ने योजना रहेको उहाँको भनाई छ ।

    कार्यक्रमलाई सफल बनाउन सकारात्मक देखिनुभएकोमा पुनर्वास नगरपालिका, विभिन्न संघसंस्था र व्यक्तिगत सहयोग गर्ने सहयोगी दाताहरुमा प्रहरी निरीक्षक मल्लले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

     

    अहिले पुनर्वास बेलौरीको सिमा क्षेत्र ढक्का, दोदा पुल, डोकेबजार क्षेत्र, टाउन बजार र ईलाका प्रहरी कार्यालय अगाडी सिसिटिभी क्यामेरा र सडक बत्ती जडान गरीएको छ ।

    त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रभु बैक आइविआरडीको सहयोगमा बालयौन दुर्ब्यवहार, मानब बेचबिखन नियन्त्रण,साईबर क्राईम,सवारी दुर्घटना र लागुऔषध सम्बन्धि ६ ओटा सुचना मुलक होडीङबोर्ड टासिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ ।

    कार्यक्रममा पचकडीया प्रहरीचौकी (डोकेबजार) परासनमा निर्मित नागरिक सहायता प्रतिक्षालय, प्रतिक्षलयमा राखीने टेलीभिजन,कुर्सी र चौताराको निर्माणका लागि पुनर्वास नगरपालीका-११ निवासी पुर्ण सिंह तामाङले व्यक्तिगत रुपमा दुइ लाख ५५ हजारको सहयोग गर्नुभएको छ ।

    कार्यक्रममा बोल्दै पुनर्वास नगरपालीकाका नगरप्रमुख तोय प्रसाद शर्माले पालीकाको दश स्थानमा जोडीएको सिसिटिभी क्यामेरा र सडकबत्तीले अपराधिक कृयाकलाप नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

    इलाका प्रहरी कार्यालयको योजना अनुरुप नै थप स्थानमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडानका लागी बजेट बिनियोजन गर्ने उहाँले बाचा व्यक्त गर्नुभएको छ ।

    कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, विभिन्न सुरक्षा निकायका ब्यक्तीहरु, पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by